लियोनल मेस्सीको टिमलाई धक्का लागेको छ। अर्जेन्टिनाका मिडफिल्डर मानुइल लुन्जिनी घाइते भएपछि मेस्सीलाई धक्का लागेको हो। मानुइल विश्वकप फुटवलका क्रममा घाइते भएका हुन्।
वेष्ट ह्यामका खेलाडी समेत रहेका उनको अभ्यासका क्रममा घुडामा चोट लागेको थियो। उनी अभ्यासको क्रममा घाइते भएपछि विश्वकप खेल्न नसक्ने बताएका हुन् ।। उनको स्थानमा म्याक्सिमिलिनी मिजा टोलीमा आएका छन्।
समूह डी मा रहेको अर्जेन्टिाले जुन १६ मा आइसल्याण्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । २५ वर्षिया मानुइलले अघिल्लो सिजनमा वेष्ट ह्यामबाट २७ खेल खेल्दै ५ गोल गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
