एजेन्सी। भिक्टोरिया लोपिरेभा यतिबेला चर्चामा छिन् । कारण हो फिफा विश्वकप २०१८ को सद्भावना दूत बनेसँगै उनको सुन्दरताको चर्चा फेरी विश्वभर सुरु भएको छ । भिक्टोरिया २००३ मा मिस रुसकी विजेता हुन्।
अहिले उनलाई वल्र्ड कप गर्लको नामले चिन्न थालिएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो कामका लागि भिक्टोरियालाई रोजेका हुन्। २०१८ विश्वकपको ब्राण्ड एम्बेसेडर बनेसँगै रुसबाहिर संसारभर आफ्ना लाखौं फ्यान बनाएकी उनका सामाजिक संजालमा १० लाखभन्दा बढी फलोअर छन्।
भिक्टोरिया खेलकुद कार्यक्रम प्रस्तोताका साथै हिरोइन, मोडल र फेशन ब्लगर पनि हुन्। भिक्टोरियाले २०१५ देखि विश्वकपको सद्भावना दूतको भूमिका निभाइरहेकी छिन्। ३४ वर्षकी भिक्टोरिया बिजनेर एडमिनिस्ट्रेसनमा ग्रयाजुएट छिन्। उनका हट तस्विरहरु मात्रै हाृइन सामान्य तस्विरमा प िउनी निकै सुन्दरी देखिएकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
