विश्वकप बारे यी २० कुरा तपाइँलाई थाहा छ

फुटबलको विश्वकप, २०१८ रुसमा १४ जुन(जेठ ३१) गतेबाट शुरु हुँदैछ ।

विश्वकपबारे हामी तपाईलाई महत्त्वपूर्ण जानकारी गराउँदैछौं ।

Advertisement

१। यो फुटबलको २१ औं विश्वकप हो ।

२। पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीचमा भएको थियो ।

३। यस पटक विश्वकपमा कुल ३२ टीम छन् र २०२६ मा कुल ४८ टीमले विश्वकपमा भाग लिने छन् ।

४। आइसल्याण्ड र पनामा पहिलोपटक विश्वकपमा खेल्न जाँदैछन् ।

५। ब्राजिल एकमात्र देश हो जसले सबैवटा विश्वकपमा खेलेको छ र सबैभन्दा धेरै पाँच पटक विश्वकप जितेको छ । यसपटक जितेको खण्डमा उसको छैठौं जीत हुनेछ ।

६। जर्मनी लगातार दुई विश्वकप जित्ने दाउँमा छ । यसअघि ब्राजिलले १९५८ र ६२ मा लगातार विश्वकप जीतेको थियो ।

७। जर्मनी पछिल्लो तीन विश्वकप खेलमा सबैभन्दा धेरै गोल गर्ने देश हो । जर्मनीले सन् २००६ मा १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो ।

८। रुसका ओलेक सालेक एकै विश्वकप खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । ओलेकले १९९४ मा क्यामरुन विरुद्ध पाँच गोल गरेका थिए ।

९। पछिल्लो विश्वकप करिब ३।२ अरब मानिसले हेरेका छन् । यो लगभग विश्वको आधि जनसंख्या हो ।

१०। जति देशले अहिलेसम्म विश्वकप जीतेका छन् ती टिमका कोच त्यही देशका रहेका छन् ।

११। रुस९सोभियत संघ होइन० विश्व कपको कुनै पनि ग्रुप स्टेजमा पुगेको छैन । सयद यसपटक उसले घरेलु मैदानको फाइदा उठाउनेछ ।

१२। २०१८ विश्व कप नाइजेरियाका लागि छैठौं विश्वकप हुनेछ ।

१३। दक्षिण कोरिया १० औं पटक विश्वकप खेल्न गइरहेको छ । यति धेरैपटक कुनै पनि एसियाली देश विश्वकपमा छानिएका छैनन् ।

१४। इरान लगातार दुई विश्वकपको लागि क्वालिफाइ भएको छ ।

१५। आइसल्याण्ड विश्वकपमा छानिएको सवैभन्दा सानो देश हो । उक्त देशको जनसंख्या करिब तीन लाख ३४ हजार छ ।

१६। नेदरल्याण्ड जीत विना धेरै विश्वकप खेल्ने देश हो । तर यसपटक उसले रुसमा विश्वकप खेल्न पाएन ।

१८। १९८६ पछि पहिलोपटक अमेरिका यस पटक विश्वकपमा छानिन सकेन ।

१९। विश्वकप यूरोप र एशिया महादेशमा खेलाइन लागेको यो पहिलोपटक हो ।

२०। पनामाका राष्ट्रपतिले आफ्नो फुटबल टिम विश्वकपमा छानिएपछि ११ अक्टुबरमा राष्ट्रिय विदाको घोषणा गरेका थिए ।

More News last news
Loading...