फेरी बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको मूल्य ?

काठमाडौं । नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्य बढ्दै गएको छ।

आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ। सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । आज चाँदीको मूल्य तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८० रुपैयाँ पुगेको छ।

चाँदी हिजो सात सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...