५ दिनभित्र देशभर मनसुन सक्रिय हुने, औसत वर्षा हुने प्रक्षेपण

काठमाडौं । नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ। मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए।

जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ। तर वर्षको मनसुन दुई दिनअघि नै शुरू भएको छ।

Advertisement

मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ । मनसुन सुरु भएको एक साताभित्र देशभर सक्रिय हुन्छ।’

मनसुनमा सामान्य वर्षा हुने अनुमान

नेपालमा साधारणतया जुन महिनादेखि सेप्टेम्बर महिनासम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ।

यस वर्षको मनसुनमा नेपालको अधिकांश भूभागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताए। सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको करिब ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ।

सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ।

More News last news
Loading...