सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कति छ आज ?

काठमाडौं । केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गइरहेको छ।

आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ। सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ। हिजो चाँदी सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...