काठमाडौं । नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक सय बढ्दै प्रतितोला ५८ हजार एक सय रुपैयाँ पुगेको छ।
सुन हिजो प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
