काठमाडौं । मंगलबार विहान ७ बजेर १० मिनेटमा सोलुखुम्बुका बिर्गधन राई कपनबाट ट्याक्सी चढेर बागबजारतिर लागे ।
पत्रिकाले बेरेर पाँच लाख नगद लिएर ट्याक्सी चढेका राई बागबजा स्थित भक्तपुर बसपार्कमा उत्रिए ।
ट्याक्सीमा राखेको पाँच लाख नगद छुटेको थाहा पाउँदा ट्याक्सी उनको आँखाबाट ओझेल परिसकेको थियो ।
तत्काल ट्राफिक प्रहरी महाशाखामा उजुरी दिन पुगेका राईलाई ट्याक्सी ड्राईभरले उक्त रकम फिर्ता गरेका छन् । ‘सीसीटीभी फुटेजको सहायताले ट्याक्सी नम्बर पत्ता लगाएर सम्पर्क गर्दा चालक प्रहरीलाई बुझाउने तयारीमा रहेछन्’ महानगरीय ट्राफिक महाशाखाका डीएसपी विश्वमणी पोखरेलले भने, ‘ट्याक्सी चालकले फिर्ता गरेको नगद सम्बन्धीत धनिलाई हस्तान्तरण गरेका छौँ ।’
महानगरीय प्रहरी कार्यालयबाट मनिटर हुने सिसिटीभि फुटेजका आधारमा ओखलढुंगा स्थायी घर भएका ओम प्रसाद डोटेलले चलाएको ट्याक्सि नम्बर खुल्न आएको बताईएको छ । बा. १ ज ५२७५ नम्बरको ट्याक्सि चलाउँदै आएका डोटेलले यसअघी पनी यात्रुले छाडेको रकम फिर्ता गरेको ट्राफिक महाशाखाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
