काठमाडौं । बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ।
आज पनि सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा पुगेको छ।
हिजो सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ।
आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
