काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँमा झरेको छ ।
हिजो सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटिरहँदा चाँदीको मूल्य भने यथावत नै छ ।
आज पनि चाँदी सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
