आज मिति २०७५ साल जेष्ठ १७ गते, द्धितिया तिथि बिहिबार। ईश्वी सन् २०१८ मे ३१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । ४२ घडी २३ पला,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त तृतिया ।
नक्षत्र मूल ५९ घडी ३८ पला । योग साध्य ३१ घडि ३२ पला,बेलुकी ५ बजेर ४७ मिनेट उप्रान्त शुभ । करण तैतिल,बिहान ९ बजेर १७ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धूम्र योग । चन्द्रराशि धनु । विश्व धुम्रपानरहित दिवस ।
काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा तय गर्न सकिने तथा अध्यात्म जस्ता क्षेत्रमा समय व्यातित हुनेछ । आफन्त तथा परिवारजनको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । नया योजना कार्यान्वयनको उपयूक्त समय रहेकोछ भने खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले सकारात्मक उपलब्धिहरु हात पार्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने सानो प्रयत्नले ठुला कामहरु बन्ने ग्रहयोग रहेकोछ ।
शुभ अंक — २,९ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।
शुभ अंक — २,५ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
यो पनि पढ्नुहोस् : पशुपतिनाथमा यसरी आए भारतीय भट्ट, जो पछि मूलभट्ट र पुजारी भएर राज गर्दैछन्
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।
शुभ अंक — ४,५ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ । कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ ।
शुभ अंक — ५,९ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पहिलेदेखि रोकिएर बसेका वा थाति रहेको कामहरु दाजुभाईको सहयोगमा सम्पादन गर्न सकिनेछ । छिमेकि तथा आफन्तको साथ पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले चाहेजस्तो नतिजा हातलागि हुँने योग रहेकोछ । भाग्यले साथ लिने हुँनाले व्यापार व्यावसायमा थोरै लगानि गर्दापति मनग्गे नाँफा कमाउँन सकिने समय रहेकोछ माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — खैरो
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ । बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ ।
शुभ अंक —३,९ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम
यो पनि पढ्नुहोस् : आजको राशिफल : मिति २०७५ साल जेष्ठ १५ गते, पूर्णिमा तिथि मंगलबार
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ ।
शुभ अंक — २,७ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।
शुभ अंक — २,५ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ भने प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट सहयोग हुनेछ भने पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पति कमाउँन सकिनेछ ।
शुभ अंक — ३,४ शुभ दिशा — पुर्व
शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
