३३ केजी सुन प्रकरणः फरार अभियुक्त एसएसपी खत्रीले गरे आत्मसमर्पण

काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला अदालत, मोरङ पुगेर आत्मसमर्पण गरेका हुन् । सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम शुरु गरेपछि खत्री फरार भएका थिए ।

Advertisement

उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो ।

More News last news
Loading...