काठमाडौं । नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराईको आवाजमा रहेको ‘ओई भुन्टी’ बोलको गीतको भिडियोे ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ । गएको शुक्रवार भिडियो सार्वजनिक गरिएको हो । उक्त भिडियोेमा निशानले स्वयं अभिनय गरेका छन् ।
‘ओई भुन्टी’ बोलको गीतलाई राजेन्द्र भट्टले शब्द र संगीत दिएका छन् ।
टेकेन्द्र शाहलेको निर्देशनमा रहेको भिडियोलाई शिशिर खातिले कोरियोग्राफ गरेका हुन् भने राम कुमार केसीले खिचेका हुन् । भिडियोमा नायिका तथा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् ।
उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय प्रस्तुत गरेका छन् । एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । यस भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
