काठमाडौं । बजारमा आज सुनको मूल्य घटेको छ। हिजो मात्रै तोलामा एक सय रूपैयाँले बढेको सुनको मूल्य आज दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा झरेको छ।
हिजो सुन प्रतितोला ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज यथावत छ। आज चाँदी सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
