उदयपुर । उदयपुरको बोक्से ब्यारेकमा एक सहायक हवल्दार नवराज अधिकारीले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । सो गुल्ममा कार्यरत त्रियुगा नगरपालिका– ७ बस्ने ३५ वर्षीय अधिकारी ब्यारेकमा झुण्डिएको अवस्थामा फेलापरेका हुन्।
उनलाई आईतबर बिहान मृत अवस्थामा गुल्मको एक नम्बर ब्यारेक नजिक रहेको खाली डिउटी पोष्टमा झुण्डिएर अवस्थामा फेला परेको त्रियुगा गुल्ममा निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेम कुमार राईले जानकारी दिए ।
अधिकारीले आत्महत्या गरेको ठाँउमा फेला परेको सुसाईट पत्रमा उनले ‘धेरै एपीएफ अर्थात सशस्त्र प्रहरीमा हल्ला नगर्नु होला, कृपया मलाई फेसबुकमा नलगाई दिनुहोला, सर्बप्रथम मेरा धर्मपत्निलाई सुरक्षित गरेर मात्र थाहा दिनुहोला, मेरो नाबालक छोराछारीलाई पाउने रकम सहयोग गरिदिनुहोला’ लेखेका छन् ।
उनले आफूलाई पत्रमा ‘उही पापी म’ भनेर उल्लेख गरेका छन् । उनको शरीरमा निलडाम समेत देखिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अगाडि बढाएको छ । – देशको न्युज

नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको बहुमत छ भने एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् । एउटामात्र सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । –कारोबार दैनिकबाट

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
