हरिण भनेर बन्दुक चलाउँदा मान्छेलार्इ लागेपछि…

संखुवासभा । संखुवासभामा एक जनाको गोलि लागेर मृत्यु भएको छ । धर्मदेबि नगरपालिमा वडा न. १ तेल्लोकस्थित जंगलमा हरिणलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि सोही ठाँउमा स्थानिय २७ वर्षीय योगेन्द्र पौडेलको मृत्यु भएको मुढे शनिश्चरे प्रहरी कार्यलयले जनाएको छ।

बन्दुक प्रहार गर्ने स्थानिय चकेन्द्र भनेर चिनिने चिरन्जीवी अधिकारीलाई मूढे शनिश्चरे प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार उनले घर नजिकैबाट जंगलमा हरिण जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

अहिले मूढे शनिश्वरे प्रहरी टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ । भने शव परिक्षण हुन बाकि नै रहेको जनाएको छ।

More News last news
Loading...