नेपालीका लागि मलेसियाको रोजगारी तत्काललाई बन्द

काठमाडौं । सरकारले मलेसिया जाने कामदाबाट भइरहेको ठगी राेक्न पूर्व श्रम स्वीकृती बन्द गर्दै नेपाली कामदार मलेसिया नपठाउने निर्णय गरेको छ ।

अब तत्काललार्इ भिसा लागिसकेका कामदार बाहेक नयाँ कामदार रोजगारीका लागि मलेसिया जान पाउने छैनन् । पूर्व श्रम स्वीकृती रोकिएपछि मलेसिया जाने चाहनेको भिसा प्रक्रिया रोकिएको छ । मन्त्रालयले जीएसजी, माइग्राम्स, बायोमेटिक, ओएससी, भीएलएन खारेज गरेपछि पूर्व श्रम स्वीकृती बन्द भएको हो।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले ओएससी र भिएलएनका सञ्चालकलाई केहीदिन अघि पक्राउ गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायी महासंघले सूचना जारी गर्दै श्रम स्वीकृती बन्द भएको र रोजगारदाता कम्पनीलाई श्रम स्वीकृती बन्द भएको बारे जानकारी गराउन सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई जानकारी गराएको छ ।

More News last news
Loading...