बिहीबार बढेको रियाल, रिंगिट र दिर्हामको मूल्य आज घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०८ पैसा र विक्रिदर २९ रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र विक्रिदर ३० रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र विक्रिदर २९ रुपैयाँ ८५ पैसा तोकेको छ।

Advertisement

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र विक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ६२ रुपैयाँ ८६ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ४४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

More News last news
Loading...