फेरी बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्य बढ्दै गएको छ।

आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार दुई सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८० रुपैयाँ पुगेको छ। चाँदी हिजो प्रतितोला सात ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...