कान्तिपुर–हिसान एजुकेशन फेयर उद्घाटन

काठमाडौं । भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन सम्पन्न भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले सो कार्यक्रमको उत्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र नभएर व्यावहारिकता हुनुपर्ने कुरामा जोड दिएका छन् । उनले भने, हाम्रो शिक्षा प्रालि पनि लोकप्रिय , जीवनपयोगी तथा बौद्धिकताको पहिचान गर्ने खालको हुनुपर्ने छ ।

Advertisement

प्रधानमन्त्री ओलीले इजरायल राजदूतले आफ्नो मुलुकको भ्यालेनटाइन डेको अवसर पारेर गुलाफको फुल निर्यात गर्नु सकारात्मक भएको पनि बताए । यो त एउटा उदाहरण मात्र हो र यसैबाट नेपालले पनि गर्न सक्ने धेरै सम्भावना भएको बताए ।

उद्घाटन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको राम्रो उपस्थिति रहेको थियो भने उक्त फेअर जेठ १३ गते सम्म चल्ने छ ।

More News last news
Loading...