के तपाईंको जग्गा बाँझो छ? होस् गर्नुस् नगरपालिकाको कारबाहीमा पर्नुहोला

चितवन, जेठ १० : रत्ननगर नगरपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गरेको छ ।

२०७४ सालको नगरसभाबाट नगरपालिकाले बाँझो जग्गा राख्ने जग्गा धनीहरुबाट प्रति बिगाहा १ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

जमिन बाँझो राखे वापतको जरिवानाबापत ५० हजार संकलन भएको नगरपालिका प्रमुख नारायण वनले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ को हालसम्म ५० बिगाहा बाँझो जग्गाबाट प्रति बिगाह एक हजार रुपैयाँ जरिवाना लिएको हो ।

जग्गा बाँझो राख्दा खाद्यबाली र अन्नबालीका लागि अरुको भर पर्नु परेको कारण जग्गाको सही सदुपयोग होस भनेर नगरपरिषदबाट जरिवानाको निर्णय भएको भएको बताउँदै नगर प्रमुख वनले १० महिनामा ५० हजार जरिवाना संकलन भएको जानकारी दिनुभयो ।  जरिवाना पर्नेमा अधिकांश प्लटिङ्गका जग्गा रहेका छन् ।

रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षमा ७४ लाख २६ हजार बजेट अनुमान गरिएकोमा जेष्ठ महिनाको ५ गतेसम्म ६१ करोड २६ लाख रुपैयाँ आम्दानी भएको छ । जसमा ७ करोड ११ लाख आन्तरिक आय अनुमानित गरिएकोमा ४ करोड २ लाख मात्रै आम्दानी भएको आज आयोजित सार्वजानिक कार्याक्रममा जानकारी दिइएको थियो ।

Advertisement

More News last news
Loading...