७ जना परे अख्तियारको फन्दामा

काठमाडौं, जेठ १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी र शिक्षकसहित ७ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

घुस लिएको तथा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Advertisement

अख्तियारले, नक्कली प्रमाणपत्र पेश गरेको दावी गर्दै प्रदेश नं. २ को प्रदेशसभा सचिवालय, जनकपुरमा कार्यरत शाखा अधिकृत पवित्रा श्रेष्ठ भानुभक्त उच्च मावि दमाचौर, सल्यानका शिक्षक रमेशकुमार अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो । श्रेष्ठले विद्यालय तहको र अधिकारीले १२ कक्षा उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको दावी छ ।

यस्तै बाँकेको बैजनाथ गाउँपालिका वडा नं.३ का वडा सदस्य कहरसिंह थापामगर, सोनारी गाउँपालिका वडा नं. १ मा कार्यरत नायव सुब्बा खिमलाल पाण्डे र साविकको नौवस्ता गासिका सव–ओभरसियर नेत्रविक्रम थारूविरुद्ध डिप बोरिङ निर्माणको काम नसकि डेढ लाख रुपैयाँको नक्कली बिल बनाएर अनियमितता गरेको अभियोग लगाइएको छ ।

यस्तै स्वास्थ्य चौकीबाट निशुल्क रुपमा पाउनुपर्ने सेवा, र औषधि सेवाग्राहीलाई उपलब्ध नगराई नक्कली बिल बनाई ५० हजार बढी अनियमितता गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. –१२, छिन्चु स्वास्थ्य चौकीका इन्चार्ज नेत्रबहादुर देवकोटा र व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद कँडेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

More News last news
Loading...