मूल्य बढ्यो रियाल, दिनार र रिंगिटको

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार रियाल, दिनार र रिंगिटको मूल्य बढेको छ ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ११ पैसा र विक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ ।

Advertisement

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०८ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ६३ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र विक्रिदर ३० रुपैयाँ १५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र विक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ १४ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ७३ पैसा रहेको छ ।

More News last news
Loading...