राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

प्यूठान । राप्ती नदीमा डुबेर शनिबार दिउँसो भालुबाङका एक बालकको ज्यान गएको छ।

भालुबाङ पुल्चोक बजारका तुलाराम रोकाको ८ बर्षिया छोरा प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

Advertisement

भालुबाङ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक विद्यालय ४ कक्षामा अध्ययनरत प्रदिपको नदीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

दिउँसो करिब १२ बजे नदीमा नुहाउन गएका प्रदिप करिब १ बजे डुबेका थिए ।

डुबेको थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी जवान, शसस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका शसस्त्र प्रहरी जवान र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका ट्राफिक प्रहरीले शव फेला पाेंरेको जनाइएको छ ।

More News last news
Loading...