सिन्धुलीमा एक जनाले गरे आफ्नै श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोरको लप्सेमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन ।

४६ वर्षीय एकिङबहादुर गोलेले आफ्नी ४२ वर्षीया श्रीमती सुपरानी गोलेको हत्या गरेका हुन् ।

Advertisement

शुक्रबार परिवारमा सामान्य विवाद हुँदा एकिङबहादुरले आफ्नी श्रीमती सुपरानीको टाउकामा खाना पस्किने पन्युले हिर्काउँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो।

गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् ।

एकिङबहादुरले श्रीमतीसँग मदिरा सेवन गर्न २०० रुपैयाँ मागेको र श्रीमती पैसा नदिएको बिषयलाई लिएर विवाद हुँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

More News last news
Loading...