काठमाडौं । नेपाली युवा क्रिकेटरसन्दीप लामिछाने विश्व- ११ का तर्फबाट वेस्ट इण्डिजविरुद्ध खेल्ने टोलीमा परेका छन् ।
यही मे महिनाको ३१ तारिखमा विश्व- ११ र वेस्ट इण्डिजबीच टी-ट्वान्टी खेल हुँदैछ ।
बंगलादेशका अलराउण्डर सकिब उल हसनले पारिवारिक कारणले नाम फिर्ता लिएपछि उनको साटो सन्दीपले मौका पाउने भएका हुन् ।
सन्दीपले खेल्ने टोलीको नेतृत्व इंग्लिस कप्तान इयान मोर्गनले गर्नेछन् ।
टोलीमा सन्दीप र मोर्गनका अलावा शाहीद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याकक्लायनघन, सोहेब मलिक, हार्दिक पाण्डेय, थिसेरा परेरा, लुक रंकीलगायतका विश्वचर्चित खेलाडी छन् ।
सन्दीप हाल आईपीएल खेल्न दिल्लीमा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
