एक लाख रुपैयाँ जलेर नष्ट

हुम्ला  । बाकस भित्र आगोको झिल्को पसेर एक लाख नगद नष्ट भएको छ।

सर्केगाड गाउँपालिका-६, बराइगाउँका सकराम ऐडीको घर भित्र राखेको नगद एक लाख रुपैयाँ आगोले जलेर नष्ट भएको हो। बाकस भित्र सुरक्षित राखेको नगद आफ्नै परिवारका सदस्यले दियालो बालेर अरु सामान खोज्दा झिल्को परी नोटमा आगलागी भएको अवस्थामा भेट्रिएको ऐडीले बताउनुभयो।

Advertisement

ऐडी गणेश आधारभुत विद्यालय पालीका प्रधानाध्यापक समेत हुनुहुन्छ। आगोले नष्ट भएको पैसा विद्यालयको बालबालिका खाजाको पैसा भएको जनाइएको छ । विद्यालयमा लैजान लागेको त्यो पैसा घरमा राख्दा आगोले नष्ट भएर आफू सदरमुकाम सिमकोटमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सल्लाह माग्न आएको ऐडीले बताउनुभयो।

बैंकले पोलिएको पैसा जिल्ला शाखामा नसाटिने बताएपछि अन्योलमा परेको उहाँले बताउनुभयो । आगोले पूरै जलेका केही नोट र आधा भाग जलेका केही नोट नम्बर बाँकी भएमा साट्रन सकिने बैंकबाट सल्लाह पाएको ऐडीले जानकारी दिनुभयो ।

विद्यालयमा बालबालिकाको खाजा खर्चवापतको एक लाख नोट घरमा राखेका अवस्थामा वाकस भित्र आगोले जलेको अवस्था भेटिएको ऐडीले जानकारी दिनुभएको छ ।

More News last news
Loading...