मलेसियामा गाडीको ठक्करबाट एक नेपाली कामदारको निधन भएको छ। मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारु स्थित सुपरमार्केटमा सुरक्षागार्डमा कार्यरत नेपालको ठेगाना सखुवासभा जिल्ला सन्धिखर्क निवासी दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३:१० बजे गाडीको ठक्करबाट निधन भएको हो।
ड्युटीमै मार्केटको गेट नजिक बसिरहेको अवस्थामा मलेसियाकै एक स्थानीेयले गाडीले ठक्कर दिँदा शेर्पा टाउकोमा गम्भीर चोट लागेको थियो।
ठक्करबाट घटनास्थलमै शेर्पाको मृत्यु हुन पुगेको मृतक संगै सोही कम्पनीमा काम गर्ने दुर्गा गुरुङले जानकारी दिए।
गाडी चालकले अत्याधिक मात्रामा मदिरा सेवन गरेकोले गाडी अनियन्त्रित भैइ दुर्घटना भएको बुझिएको छ। शेर्पा बिगत ४ बर्ष देखि ज्यापुडा नामक सेक्युरिटी कम्पनीमा कार्यरत थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
