नेहा धुपियाले गरिन् अंगद बेदीसँग विवाह

काठमाडौं । बलिउड अभिनेत्री नेहा धुपियाले अभिनेता अंगद बेदीसँग विवाह गरेकी छन्। नेहाले बिहीवार इन्स्टाग्राममा एउटा तस्वीर पोस्ट गरेर विवाह घोषणा गरेकी हुन्।

नेहाले विवाहको तस्वीरको क्याप्सनमा लेखेकी छन् : मेरो जीवनको सबभन्दा राम्रो निर्णय … आज मैले सबभन्दा मिल्ने साथीसँग बिहे गरें। हेल्लो, मेरा पति अंगद बेदी!’

Advertisement

बेदीले पनि इन्स्टाग्राम पोस्टमा उस्तै क्याप्सन लेखे : सबभन्दा मिल्ने साथी … अब श्रीमती !!! हेल्लो श्रीमती बेदी !!!

तस्वीर हेर्दा विवाह शिख रीतिरिवाजअनुसार भएको देखिन्छ । उनीहरूले कहिले पनि आफ्नो सम्बन्धका बारेमा खुलेर बोलेका थिएनन् त्यसैले विवाहको समाचार प्रशंसकहरूका लागि आश्चर्य बन्यो।

सोनम कपूर र आनन्द आहुजाको बिहेको हल्लाखल्ला चल्दा नेहाले सुटुक्क बिहे गरिन्।

नेहाको पोस्टको लोकेसन नयाँ दिल्ली देखिएकाले यो बिहे त्यहीँ भएको अनुमान गर्न सकिन्छ।

अंगद प्रसिद्ध क्रिकेटर बिशन सिंह बेदीका छोरा हुन् र उनको घर दिल्लीमा छ। नेहाले पनि कलेजका वर्षहरू दिल्लीमा बिताएकी थिइन्।

अंगद बेदीले पिंक, टाइगर जिन्दा है र डियर जिन्दगी लगायतका फिल्ममा काम गरेका छन्।  एजेन्सी

More News last news
Loading...