रामोसको आत्मघाती गोलले रियल मड्रिडलाई झट्का

वैशाख २७ – स्पेनिस फुटबल लिग लालिगामा रियल मड्रिडले बुधबार सेभियासँगको खेलमा ३–२ को हार व्यहोरेको छ । सर्जियो रामोसले पेनाल्टीमा गोल गर्नबाट चुक्नु र आत्मघाती गोलले नै रियल मड्रिड सेभियासँग हार्न पुग्यो ।

खेलको २६ औँ मिनेटमा बेन येद्देरले गोल गर्दै सेभियालाई १–० को खग्रता दिलाएका थिए । त्यसपछि ४५ औँ मिनेटमा मिगेल लायुनले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए ।

Advertisement

पहिलो हाफ र दोस्रो हाफको अन्तयसम्म पनि खराब प्रदर्शन गरेको रियल मड्रिडले ८४औँ मिनेटमा सेभियालाई एक गोल उपहारका रुपमा दियो । सर्जियो रामोसले गरेको आत्मघाती गोलले सेभियाको अग्रता ३–० पुग्यो । रियलका लागि बोर्जा मायोरलले ८७ औँ मिनेटमा तथा रामोसले इन्जुरी समयमा पेनाल्टीमाफर्त गोल गरेका थिए । त्यसअघि रामोसले पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए ।

रियल मड्रिडका गोलरक्षक केलर नाभासलाई आराम दिइएको थियो । त्यस्तै रियल क्रिस्टियानो रोनाल्डोबिना नै उत्रिएको थियो । रियलले मे २६ मा च्याम्पियन्स लिगको फाइनलमा लिभरपूलसँग सामना गर्दैछ । त्यसैले पनि उनीहरुलाई आराम दिइएको हो । लालिगामा अब रियलले दुई खेल खेल्न बाँकी छ ।

३६ खेलबाट रियल ७२ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३६ खेलबाटै ९० अंक रहेको बार्सिलोनाले १० दिनअघि नै लालिगाको उपाधि उचालिसकेको छ । ३६ खेलबाटै ७५ अंक रहेको एथलेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।

More News last news
Loading...