सरकार नीति तथा कार्यक्रमको तयारीमा, आज पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सरकार आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागेको छ । यहीँ क्रममा आज प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्रीसँग छलफल डाँकेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्नेछन् । आज प्रधानमन्त्री ओलीले यस्तो छलफल गर्ने छन् ।

Advertisement

नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । संविधान अनुसार जेठ १५ गते बजेट पेश गर्नुपर्छ । त्यसभन्दा १५ दिन अगाडि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने चलन छ ।

संसदको बजेट अविबेशन शुरु भैसकेको छ ।

More News last news
Loading...