प्रदेशका मन्त्रीहरुको सेवा सुविधा कस्तो छ त ? – जान्नुहोस्

मोरङ : प्रदेश एकका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको छ ।

विधेयकमा एक नम्बर प्रदेशको मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० तोकिएको छ । त्यस्तै मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिकको व्यवस्था गरिएको हो ।

मुख्यमन्त्रीको सुविधा

एक नम्बर प्रदेशका मुख्यमन्त्रीले आवास सुविधा अन्तरगत ३० हजार रुपैयाँ मासिक प्राप्त गर्नेछन् । त्यस्तै २ वटा गाडी प्राप्त गर्ने छन् । त्यस्तै मासिक २ सय ५० लिटर इन्धन, मोबिल १५ लिटर, सञ्चार सुविधा मासिक ३ हजार, धारा बिजुली बिल अनुसार पाउनेछन् । त्यस्तै दैनिक तथा भ्रमण भत्ता देशभित्र प्रतिदिन ३ हजार, दैनिक तथा भ्रमण भत्ता विदेश २२५ अमेरिकी डलर हरेक दिन प्रप्त गर्नेछन् ।

प्रदेश मन्त्री

मन्त्रीको मासिक पारिश्रमिक ५२ हजार हुनेछ । २० हजार मासिक घरभाडा प्राप्त हुने छ भने  उनले एउटा गाडी प्राप्त गर्नेछन । सवारी इन्धनतर्फ पेट्रोल २ सय लिटर प्राप्त हुनेछ भने मोबिल १० लिटर, सञ्चार २ हजार पाँच सय रुपैयाँ, पानी तथा बिजुलीमार्फत २ हजार ५ सय प्राप्त गर्ने छन् । त्यस्तै दैनिक तथा भ्रमण भत्ता स्वदेशको लागि दैनिक २५ सय र विदेशको लागि दैनिक २ सय अमेरिकी डलर प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

राज्यमन्त्रीको हकमा

राज्यमन्त्रीले भने ४९ हजार पारिश्रमिक प्राप्त गर्नेछन् । त्यस्तै घरभाडाबापत २० हजार, सवारी साधन एउटा, इन्धन १५० लिटर, मोबिल ७ लिटर, सञ्चार सुविधामार्फत २ हजार रुपैयाँ, पानी तथा बिजुलीका लागि २ हजार रुपैयाँ, दैनिक भ्रमण भत्ता २ हजार स्वदेशका लागि र विदेशमा १५० अमेरिकी डलर  प्राप्त गर्नेछन्  ।

सहायक मन्त्री

सहायक मन्त्रीले भने मासिक ४७ हजार तलब प्राप्त गर्ने व्यवस्था गरिएको छ । त्यस्तै आवास सुविधा २० हजार, सवारी एउटा, इन्धन मासिक १ सय २५ लिटर,  मोबिल ७ लिटर, सञ्चार सुविधा २ हजार, पानी तथा बिजुली २ हजार रुपैयाँ, दैनिक भ्रमणभत्ता स्वदेश २ हजार रुपैयाँ , विदेशमा १७५ अमेरिकी डलरमा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

Advertisement

More News last news
Loading...