मोरङ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा अदालतमा मुद्दा चलाइएका पूर्व डीआईजी गोविन्द निरौलासहित बहालवाला एसपी विकासराज खनालले सोमबार जिल्ला अदालतमा बयान दिएका छन् ।
त्यस्तै अर्का प्रहरी जवान बिष्णुबहादुर खड्का र अन्य अभियुक्तहरुसँग बयान चलिरहेको छ । अन्य अभियुक्तमा अमरमान डंगोल, तोलाराम थारु रहेका छन् । आइतबारसम्म १५ जनाको बयान सकिएकोमा सोमबार थप ५ जनाको बयान सकिएको छ ।
बयान सकिएकाहरुमा राजनथापा, पुण्यप्रसाद लामा, गोपालप्रसाद श्रेष्ठ, हेमन्त गौतम र राजु महर्जन रहेका छन् ।
उनीहरुको बयान दिउँसो २ बजेसम्म सकिएको हो भने अन्य पूर्व डीआईजी, निलम्बित एसपीसहित ५ जनाको बयान जारी रहेको छ ।
मंगलबार मध्यान्हसम्ममा सबैको बयान सक्ने गरी बयान भैरहेको जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
