काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अाउने दिन नजिकिँदै गर्दा भारतीय कम्पनीहरु र उसका निकायमाथि हमला पनि बढेको छ ।
केही दिन पहिला मात्रै विराटनगरमा रहेको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट भएको थियो । विस्फोटबाट मानविय नभएपनि कार्यालयमा क्षति पुगेको थियो ।
यसैगरी शुक्रबार मध्यरात लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित अड्डा जमाएर बसेको भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको छ । विस्फोटबाट कार्यालमा क्षति पुगेको छ ।
बम विस्फोट कसले गराएको हो र के कति क्षति भयो भन्ने विवरण अाउँन बाँकी छ ।
त्यसैगरी नेपाल बन्दले सुनसान बनेको बुटवलमा शक्तिशाली बम फेला परेको छ । नेपाली सेनाको डिस्पोज प्रयास । संकेतिक फोटो फाइल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
