काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चन्दा आतंकको अन्त्य गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले विहिबार राजधानीमा गरेको कार्यक्रममा उनले उद्योग व्यापारीमाथि हुने अनावश्यक दबाब, दुव्र्यवहार र चन्दा आतंक अन्त गर्ने बताएका हुन् । उनले गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जो सुकैलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरे । कार्यक्रममा नेपाल चेम्बरका पदाधिकारी एवम् कार्य समिति सदस्यहरुका साथै नेपाल मदिरा व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, पर्यटन तथा उद्योगी व्यवसायीहरु लगायतको सहभागिता थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
