काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।
निगमले विहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
