ललितपुर : श्रीमानको कुटाईबाट घाइते भएकी ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले श्रीमानसँग मिलापत्र गर्नुभएको छ ।
अधिकारीले उजुरी गरेपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उहाँका श्रीमान ध्रुव कुँवरलाई पक्रेको थियो । कुटपिटबाट उपमेयर अधिकारीको आँखाका साथै शरीरका विभिन्न भागमा निलडाम बनेका छन् ।
बुधबार दिउँसो महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेलमा दुवै पक्षबीच भएको छलफलमा कुँवरले माफी मागेपछि मिलापत्र गर्दै अधिकारीले श्रीमानलाई छुटाएर लगेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
