एजेन्सी । आईपीएलको पछिल्लो खेलमा मुम्बई इण्डियन्सविरुद्ध २१९ रनको विशाल स्कोर खडा गरेको दिल्ली डेयरडेभिल्स आज चेन्नई सुपरकिंग्स विरुद्ध मैदानमा उत्रिंदैछ ।
दिल्लीले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएको छ । चेन्नई सुपरकिंग्सका दीपक चाहर ह्यामस्ट्रिङको समस्याका कारण कम्तीमा दुई हप्ताका लागि टिमबाट बाहिरिएका छन् ।
त्यस्तै इमरान ताहिर, साम बिलिङ्घ्स र शार्दुल ठाकुर टिममा छैनन भने केरलाका मध्यगतिका बलर के एम आसिफ तथा दक्षिण अफ्रिकाका लुङ्गी इङ्गिडिलाई ब्रेक दिइएको छ । साथै फाफ डू प्लेसी तथा कर्न शर्मा पनि टोलीमा परेका छन् ।
डू प्लेसी वाट्सनसँग ओपनिङ गरेका छन् । तीन दिन अघि कोलकाता नाइटराइडर्सलाई ५५ रनले हराएको दिल्ली कुनै परिवर्तन बिना मैदानमा उत्रेको छ । यो समाचार तयार गर्दासम्म चेन्नइले ४ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई २५ रन बनाएर खेलिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
