काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइटराइडर्स भिडिरेका छन्।कोलकाता नाइटराइडर्सले टस जितेर बैंग्लोरलाई ब्याटिङको निम्तो दिएको छ।
कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर ६ मध्ये २ खेलमात्र जितेर ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने ७ मध्ये ३ खेल जितेको कोलकाता चौथो स्थानमा छ।
दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन भने बैंग्लोरले तीनजना परिवर्तन गरेको छ। बैंग्लोरका स्टार हिटर एबी डिभिलियर्स भाइरल ज्वरोका कारण टिमबाट बाहिरिएका छन्। त्यस्तै कोरी एण्डर्सनको बदलामा ब्रेण्डन म्याक्कलम ल्याइएका छन्।
यो समाचार तयार पार्दासम्म बैंग्लोरका लागि सुरुवाती ब्याट्सम्यानहरु ब्रेण्डन म्याक्कलम र क्विन्टन डि ककले ८ ओभरमा कुनै विकेट नगुमाई ६७ रन जोडेका छन्। यसमा म्याक्कलमको २२ बलमा ३५ तथा डि ककको २६ बलमा २९ रनको योगदान छ।
ब्याट्सम्यानले भरिपूर्ण हुँदाहुँदै पनि कमजोर बलिङका कारण एकपछि अर्को हार बेहोरिरहेको बैंग्लोर आजको डिभिलियर्सलाई बदल्नुपर्दा आफ्नै घरेलु मैदानमा जित निकाल्न सफल होला या नहोला त्यो बैंग्लोरका बलरहरु कत्तिको किफायती हुन्छन् भन्नेमा भर पर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
