‘हारको जिम्मेवारी लिन नमान्ने सभापतिले तत्काल राजिनामा दिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने अडान लिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने उनको दाबी छ ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन नमानेको आरोप लगाए । उनले सभापतिले आफ्नो कारणले पार्टीले चुनाव हारेको हो भनेर पनि स्विकार गर्न नसक्नु गैरजिम्मेवारीपन भएको टिप्पणी गरे ।

Advertisement

धमलासँगको कुराकानीमा निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता कोइरालाले सभापतिबाट देउवाले तत्काल छोड्नैपर्ने जिकिर गरे । उनले भने,‘हार पनि स्विकार नगर्ने अनि नेतृत्वमा बसिरहन त सुहाएन नि, तर त्यसको लागि उहाँ (पार्टी सभापतिजी) ले तत्काल राजिनामा दिनुपर्छ,५ वर्षमा कांग्रेसले रिभाईभ गर्छ, आउने चुनावमा हामी जित्छौं ।’

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद ल्याउन प्रयास गरेपनि त्यो प्रयास सफल नहुने नेता कोइरालाको तर्क छ । सरकारको कदमप्रति अहिले त्यति धेरै आलोचना गर्नुपर्ने कुनै कारण नरहेको समेत कोइरालाले बताए ।

उनले भने,‘तर अहिले सरकार जसरी अघि बढिहेको छ, त्यो लोकतान्त्रिक चरित्र सुहाँदो छैन, संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा नै हुन्छ, तर वर्तमान प्रधानमन्त्री ओलीजीले आफू केन्द्रित गरेर जसरी शक्ति सञ्चय गर्नुभएको छ, त्यो गलत छ।’ राष्ट्रिय अनुशन्धान विभाग आफ्नो मातहातमा राखेर प्रधानमन्त्रीले गलत गरेको उनको आरोप छ ।

प्रधानमन्त्री ओली मुलकुमा ‘कम्युनिज्म’ ल्याउनको लागि उद्धत रहेको कोइरालाले जिकिर गरे ।

More News last news
Loading...