३ मिनेटमा २ गोल, २ आत्मघाती गोल

एजेन्सी । अन्तिम ३ मिनेटमा २ गोल गर्दै युभेण्टसले इटालियन सिरी एको उपाधि होड कायमै राखेको छ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको युभेण्टसले इण्टरमिलानलाई ३–२ ले हराएको हो। युभेण्टसलाई जिताउन डोग्लस र हिग्विनले गोल गरे । इण्टरमिलानले एउटा आत्मघाती गोलको उपहार दिएको थियो।

Advertisement

युभेण्टसले ८७ औं मिनेटसम्म २–१ ले पछि परेको अवस्था उल्टाउँदै खेल जितेको हो। ८७ औ मिनेटमा इण्टरमिलानका स्क्रिनरले आत्मघाती गोल गरे । निर्णायक गोल भने युभेण्टसका हिग्वीनले ८९ औं मिनेटमा गरेका थिए।

खेलको १८ औं मिनेटमै भेसिनोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित इण्टरमिलानले इकार्दीको गोलमा ५२ औं मिनेटमा अग्रता लिएको थियो।

युभेण्टसका बर्जाग्लीले ६५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युभेण्टसले पहिलो हाफसम्मा २ शुन्यको अग्रता लिएको थियो।

More News last news
Loading...