हिन्दू नेताले मुस्लिमको समाधिस्थल बनाउन दिए जग्गा दान

सप्तरी । नारायणबहादुर मिश्र हिन्दू धर्माम्बली हुन् । उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि हिन्दु धर्मकै पक्षमा छ । यही पार्टीबाट पटकपटक चुनाव लडिसकेका उनी दैनिक पूजापाठ गर्छन् ।

सप्तरीको कंचनरुप नगरपालिका ८, कंचनपुर निवासी उनै मिश्रले मुश्लिम धर्माबलम्बीलाई जग्गा दान गरेका छन् । उनले मुस्लिम समुदायको इदगाह अर्थात् समाधिस्थल बनाउन साविक कंचनपुर गाविस ३ को १ कठ्ठा २ धुर जग्गा दान गरेका हुन्।

Advertisement

स्थानीय मुश्लिमका अगुवाहरुले समाधिस्थल निर्माण गरेका छन् । ‘धार्मिक सहिष्णुता कायम रहेमा मात्रै देशको विकास हुन सक्छ’ जग्गादाता मिश्रले भने, ‘एकले अर्काे धर्मका व्यक्तिलाई नमान्ने, छुवाछुत गर्ने जस्ता भावनाको अन्त्य हुनुपर्छ।’

उनीे हिन्दू, मुश्लिम, सिख, इसाईसहित सबै धर्मका व्यक्तिहरु मिलेर देश निर्माणमा जुटनुपर्ने बताउँछन् । धर्मको नाममा कहिल्यै पनि विवाद गर्न नहुनेमा जोड दिँदै उनी सबैले सबै धर्मको सम्मान गर्नुपर्ने बताउँछन् । मुस्लिम समुदायको पहिचान जोगाउनका लागि आफूले जग्गा दान गरेको बताए।

सप्तरीको कंचनरुप नगरपालिका ८ कंचनपुरमा निर्माण गरिएको समाधिस्थथलको शनिबार उद्घाटन गरिएको छ।

मौलाना अस्लम साहबले कबि्रस्तानको उद्घाटन गरे । उनले जग्गा दान गर्ने नारायण बहादुर मिश्रलाई धन्यवाद समेत दिए। आयोजकले मिश्र र उनकी पत्नी सितादेवीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन्।

More News last news
Loading...