ब्राजिलका फुटबल प्रमुख आजिवन प्रतिबन्धित

एजेन्सी । रियो दी जेनेरियो। ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ।

फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उहाँलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो।

Advertisement

फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ।

उनलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ।

फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो।

फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन्।

More News last news
Loading...