काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई शुक्रवार आफ्नो निर्वाचन क्षेत्र गोरखा जाँदै थिए।
कच्ची मोटरबाँटो हुँदै कार्यक्रमस्थल तर्फ जाँदै गरेका बाबुरामको यात्रालाई एउटा रुखले रोकिदियो।
सालघारीको बाटोमा एउटा ठूलो रुख सडक वारपार हुनेगरि तेर्सिएको थियो ।
‘कार्यक्रम स्थलमा पुग्नै लागेको वेलामा अकस्मात रुख लडेर बाटो छेकेपछि क्या फसाद !’ भट्टराईले फोटो सहित ट्वीट गरेका छन् । सहयोगीहरुका अनुसार अहिले भने गन्तव्य स्थलमा पुगेका छन् ।
बाबुरामसँगै नयाँ शक्तिका गोरखा जिल्ला संयोजक रमेश पोखरेल पनि कार्यक्रममा जाँदै थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
