अखिलकी अध्यक्ष लामाले दिइन् बिरामीलाई विवाह खर्च

काठमाडौँ — एमाले सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले विवाह खर्च कटाएर मृगौला बिरामीलाई १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेकी छन् ।

दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ अनेरास्ववियु पाल्पा अध्यक्ष २५ वर्षीय प्रेम बगालेलाई उक्त रकम हस्तान्तरण गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

Advertisement

अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग बिहीबारमात्रै नविनाले विवाह गरेकी थिइन् । विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत हजारौं नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थिति थियो ।

More News last news
Loading...