काठमाडौँ । अनाधिकृत रुपमा विद्यार्थी सहुलियतको सिमकार्ड वितरण गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएपछि नेपाल टेलिकमले आफ्नो योजनामा परिमार्जन गर्ने भएको छ।
नेपाल टेलिकमलाई राजनीतिकरण नगर्न नेविसंघको २४ घण्टे अल्टिमेटमपछि टेलिकमले यस्तो निर्णय लिएको हो।
बुधबार नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले अखिल क्रान्तिकारीले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर सिमकार्ड वितरण गरेको भन्दै टेलिकमको ध्यानाकर्षण गराएको थियो।
ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुुझ्दै नेपाल टेलिकमकी महाप्रवनधक कामिनीराज राजभण्डारीले तत्काल यथार्थ बुुझेर निर्णय पुुनराबलोकन गर्ने बताएकी थिइन्।
नेविसंघको २४ घण्टे अल्टिमेटम नबित्दै टेलिकमले छानविन समिति गठन गर्दै संघका प्रतिनिधिसँग वार्ता गरेको थियो।
वार्ता समितिमा नेविसंघको तर्फबाट महामन्त्री कुन्दन राज काफ्ले, केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरू भागवत रेग्मी, निरन्जन थापा, सिजर भट्ट, हरी आचार्य, सुुमन पाण्डे लगायत थिए।
बिहीबार वार्ता पश्चात टेलिकमका प्रमुख व्यवस्थापन अधिकृत प्रदीपराज उपाध्यायले नेविसंघ केन्द्रिय समितिको नाममा पत्राचार गर्दै सहुुलियतको सिमकार्ड वितरणमा भएको राजनीतिकरण प्रति ध्यानाकर्षण भएको र उक्त काम रोकिएको जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
