काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ।
सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो। सुन हिजो मात्रै तोलामा दुई सय रुपैयाँले वृद्धि भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटबढ भएको छैन।
आज पनि चाँदी प्रतितोलास सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ। चाँदीको मूल्य दुई दिनदेखि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
