नेविसंघ अमेरिकाका प्रवक्ता कठायतले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

काठमाडौं । आन्द्राको क्यान्सर रोगबाट पीडित कैलालीको मोहन्याल वडा नम्बर ७ कुईनेका ५ बर्षीय बालक आरएन माझीलाई उपचारका लागि अमेरीकामा रहेका एक नेपाली युवकले डेढ लाख भन्दा बढि नगद सहयोग गरेका छन्।

काठमाडौँको कान्ति बाल अस्पतालमा तीन महिनादेखि उपचार गराउँदै आएका क्यान्सर पीडित पाँच बर्षीय बालक माझीलाई कैलाली मोहोन्याल गाउँपालिका वडा नम्बर ७ ओखड्कोट घरभई हाल अमेरिकाको केयालिफोर्नियामा बसोबास गर्दै आएका मदनराज कठायतले उपचार खर्च वाफत १ लाख ५८ हजार ५ सय ३८ रुपैयाँ सहयोग गरेका हुन्।

Advertisement

क्यान्सर पीडित बलकलाई कठायतले अमेरिकामा रहदा सामाजिक सञ्जाल, अन्तराष्ट्रिय महोन्याली युवा समाज र अनलाईनका साथै अन्य स्रोतबाट संकलन गरेको सहयोग रकम पीडित बालकका हजुरआमाको हातमा चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै मोहन्याल गाउपलिका वार्ड नं ७ का वार्ड अध्यक्षले सहयोगका लागि धन्यबाद दिदै “मदन जस्तै सहयोगी हातहरुको जरुरी भएको बताए।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अमेरिकाका प्रवक्ता तथा अन्तराष्ट्रिय महोन्याली युवा समाजका महासचिव समेत रहेका मदन कठायतले नेपाल आएको मौकामा सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कैलाली जिल्लाको विकट पहाडि साविकको सुगरखाल, महोन्याल, पण्डौन गाविसमा स्थाइ बसोबास भई हाल रोजगारीका लागि भारत लगायत रोजगारीका लागि अन्य मुलुकमा विभिन्न पेशा ब्यवसाय गदै आएका युवाहरु संगठित भई गठन गरिएको अन्तराष्ट्रिय महोन्याली युवा समाजले महोन्याल गाउपालिकाका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गदै आएको छ।

More News last news
Loading...