चौधरी ग्रुपको वाइवाइ चाउचाउ ‘अखाद्य’ प्रमाणित, भारतमा बिक्री प्रतिबन्ध यथावत्

रोशन कार्की

काठमाण्डौं । विश्वको धनी सूचीमा परेका नेपालका एकमात्र अर्बपति, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद् विनोद चौधरीको कम्पनीमा उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन नै भएको प्रमाणित भएको छ ।

Advertisement

सो ग्रुपले उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको वाइवाइ चाउचाउलाई प्रयोगशालामा जाँच गराउँदा मन्दविषसरह भएको प्रमाणित भएको हो । सो चाउचाउ लगातार दुई साता खाएको खण्डमा नराम्रो असर गर्ने समेत जनाइएको छ ।

चौधरी ग्रुपले वाइवाइ चाउचाउ गुणस्तरीय भएको भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञप्ति प्रकाशन गरेर उपभोक्तालाई भ्रममा पारेपछि सो चाउचाउ खान योग्य छ-छैन भन्नेबारे ल्याबमा जाँच गराउँदा खान अयोग्य भएको प्रमाणित गरेको छ।

हामीसँग सुरक्षित रहेको सो जाँच अध्ययन रिपोर्टका अनुसार सजिलोको रुपमा प्रयोग हुँदै आएको नुडल्समा मानव शरीरमा प्रभावित हानिकारक तत्व बढी भएको उल्लेख छ ।

गोप्य रुपमा प्राप्त रिपोर्टमा लगातार गुणस्तरहीन तलमा चाउचाउ पकाउने, हाइड्रोक्लोनोन (टीबीएचक्यू)जस्ता रसायनको प्रयोग गरी पोलोलियम प्रोडक्टको रूपमा राखिएको छ, जसमा चाउचाउ ताजा रहेको देखाइएको हुन्छ ।

यद्यपि टीबीएचक्यूको रसायनका कारण एक प्रकारको कुलतकै रुपमा प्रयोग हुने गरेको छ । जुन रसायनका कारण लगातार सो चाउचाउ खाएपछि अधिक रुपमा खान मन लाग्ने ‘कुलत’कै अवस्थामा पु¥याउने गरेको समेत उल्लेख छ ।

हप्तामा दुई वा धेरै पटक सो चाउचाउ खाएको खण्डमा महिलाहरुमा मेटाबालिक सिन्ड्रोमको उच्च जोखिम हुने गरेको छ । यो असामान्य कोलेस्ट्राल, उच्च रक्तचाप, अतिरिक्त पेट मोटाइ र उच्च वल्डप्रेसरसँग मधुमेह, स्ट्रोक र हृदयाघातसम्म हुने चेतावनी दिइएको छ ।

चाउचाउमा सोडियमहरूको मात्रा पनि उच्च रहेकाले स्वादिष्ट बनाउँछ तर मानसिकताको विकासमा क्षति, हृदय रोग र सम्भावित रोगहरूले समेत लाग्ने सो रिपोर्टमा उल्लेख गरेको छ । सो चाउचाउको प्याकेटमा महत्वपूर्ण पोषक तत्वहरू प्रोटिन, भिटामिन वा खनिज रहेको उल्लेख गरेको भए पनि चाउचाउमा भने पोषकतत्व समेत नभएको दाबी गरिएको छ ।

हाल उत्पादन भएका अधिकांश चाउचाउ पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि विषसरह हुने समेत दाबी रिपोर्टमा गरिएको छ । सो ग्रुपद्वारा उत्पादन भएका अन्य खाद्य पदार्थको बारेमा समेत ल्याबटेस्ट भइरहेका कारण ल्याबकै अनुरोधमा प्रयोगशालाको नाम भने गोप्य राखिएको छ ।

यसैगरी, सो चाउचाउ यदि गर्भवतीले खाएको खण्डमा पेटमा भएको बच्चालाई समेत ठूलो असर गर्ने र महिलालाई समेत प्राणघातक असर गर्ने उल्लेख छ । गर्भवती महिलाले सो चाउचाउ खाएमा विकासशील भ्रूणलाई हानि पु-याउनुका साथै महिलालाई विष सोसरह हुने देखाएको छ ।

चाउचाउमा चिची, नुन सिरप, खाद्य वनस्पतिको तेल र विभिन्न स्वादका लागि रसायनको प्रयोग हुँदै आएको छ । यी तत्वहरु अन्य जंकफुडहरूमा सामान्य प्रयोग गरिन्छ भने चाउचाउमा अत्याधिक मात्रामा प्रयोग गरिँदै आएको छ ।

जसका कारण तौल र मोटोपन हुने गरेको छ । स्ट्रोरोफोम कन्टेनर जसको नुडल्स आउँछ बिस्फेनोल ए (बीपीए)बाट, एक विषाक्त सिन्थेटिक जुन प्रोस्टेट र छातीको क्यान्सर, विकासशील समस्या र ध्यानमा घाटाका अतिरिक्त विकार वस्तु हुने गरेको पाइएको छ ।

अत्यधिक मात्रामा चाउचाउ खानेहरुको अधिकांश आपराधिक क्रियाकलापमा समेत मन जाने दाबी गरिएको छ । साथै कपालमा क्षति पुग्ने सोच्ने शक्तिमा हानि पु-याउने एक जापानी पुरुषको अध्ययनमा समेत उल्लेख गरिएको छ ।
चाउचाउ कम्पनीले मोनोसोडियम ग्लुटेमेट स्वादको वृद्धिको रूपमा बेचेको हुन्छ ।

यो केवल पखेटाहरू, चिनियाँ खाना, सलाद ड्रेसिङ, र डिब्बाबन्द सुपजस्ता सबै चिजहरू पाउन सकिन्छ । अधिकांश व्यक्तिहरू वास्तवमा एमएसजीमा एलर्जी हुने गरेको समेत गुणस्तरहीन चाउचाउको सेवनबाट नै हुने गरेको छ ।

अनुसन्धानले अल्जाइमर रोग, पार्किन्सन रोग र लुइहेरिगको रोग समेत लाग्ने देखाएको छ । त्यसैले अध्ययनले पत्ता लागेको छ । चाउचाउ वास्तवमा हानिकारक खाद्य पदार्थको रुपमा रहेको उल्लेख छ ।

चौधरी ग्रुपद्वारा उत्पादन भएका सवै खाद्यवस्तु र अन्य सामानहरु गुणस्तरीय भएको भन्दै विज्ञप्ति जारी गर्ने सो कम्पनीमा पटक–पटक सम्पर्क गर्दा सोबारे जानकारी आधिकारिक व्यक्ति नभएको भन्दै फोन राखेको थियो ।

यसै अध्ययन र जाँचपछि भारतले तत्कालको समयमा बिक्रीवितरणमा रोक नै लगाएको थियो । तीन महिनाका लागि लगाएको प्रतिबन्ध अझै भारतले हटाएको छैन । अत्यधिक मात्रामा लिड (सिस) र अजिनमोटो प्रयोग गरी बिक्रीवितरण गरेर आम जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै तत्कालका समयमा तीन महिनाका लागि बिक्रीमा गरेको रोक अहिलेसम्म यथावत् रहेको छ ।

विनोद चौधरीको कम्पनीद्वारा उत्पादन भएका अधिकांश खाद्य सामग्रीहरु गुणस्तरहीन भएको भेटिएको छ । भारतमा मात्र नभई नेपालमै सो कम्पनीको वाइवाइ चाउचाउलाई नेपाल सरकारले मुद्दा दायर गरेको थियो ।

भारतमा बिक्रीमा प्रतिबन्ध नै लगाएको वाइवाइ चाउचाउ नेपालमा सम्बन्धित निकायले कारबाहीका लागि मुद्दा दर्ता गरेको वर्षौं बितिसक्दा समेत अहिलेसम्म कारबाही हुनसकेको छैन । सो मुद्दाको फाइल अहिले कहाँ छ भन्ने समेत जानकारी सम्बन्धित निकायलाई छैन ।

गुणस्तरहीन तेल र कम तौलमा चाउचाउ उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड गरेको भन्दै चौधरी ग्रुपलाई मुद्दा दायर गरेको भए पनि अहिलेसम्म सो मुद्दाबारे कहीँ कतै कारबाही नहुनुमा ठूलो रकमको खेल भएको समेत आरोप चौधरीमाथि लागेको छ ।

चौधरी ग्रुप स्रोतका अनुसार सरकारले दायर गरेको सो मुद्दाको फाइल समेत बीचबाटोबाटै गायब बनाउन विनोद चौधरी आफैँ लागिपरेर मुद्दालाई निष्क्रिय बनाएको आरोप समेत लागेको छ ।

वाइवाइ चाउचाउ गुणस्तरहीन तेलमा तारेको मुद्दामा उपस्थित हुन चौधरी ग्रुपको सिजी फुड्सलाई जिल्ला प्रशासन (सीडीओ) कार्यालय ललितपुरले पटक–पटक काटेको (म्याद) पत्र तत्कालीन अवस्थामा प्रहरीकै मिलेमतोमा बेपत्ता बनाएर सो समूहलाई निष्क्रिय बनाएको आरोप उपभोक्तावादीहरुले लगाएका छन् ।

गत वर्षको चैत २७ गते महानगरीय प्रहरीपरिसर ललितपुरले सीजी फुड्सका नायब महाप्रबन्धक रेवन्त ढकाललाई ललितपुर सीडीओ कार्यालयले म्याद तामेलका लागि काटेको पत्र सानेपाको प्रहरी प्रभागमा पठाएको थियो ।

सानेपाको प्रहरी प्रभागमा भने उक्त पत्र दर्ता नै नगरी बीचबाटोबाटै बेपत्ता बनाएकाले चौधरी ग्रुपको ठगीधन्दामा प्रहरीसमेतको मिलेमतो भएको भेटिएको छ । सो परिसरमा पठाएको ४१२८ चलानी नम्बरको सो पत्र चैत र वैशाखकै फाइलमा समेत खोज्दा भेटिएन ।

सो कार्यालयको एक प्रहरीका अनुसार ४१२८ नम्बरको पत्र कार्यालयमा दर्ता नै नभएको बताएको छ । कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले पठाएको पत्र समेत चौधरी समूहकै अगाडि दर्ता नै नगर च्यातेको हुनसक्ने आशंका स्रोतको रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाइवाइमा गुणस्तरहीन तेल प्रयोग भएको पाएपछि ललितपुर सीडीओ कार्यालयमा सिजी फुड्सविरुद्ध गत चैत ६ गते मुद्दा दायर गरेको थियो । सीडीओ कार्यालयले चैत ७ गते सिजी फुड्सका नायब महाप्रबन्धक रेवन्त ढकाललाई उपस्थित हुन भन्दै पत्र काटेको थियो ।

उक्त पत्र सीडीओले परिसरमा पठायो भने परिसरले पहिले सैँबुको प्रहरी कार्यालयमा पठाएको थियो । सैँबुमा वाइवाइ चाउचाउको कारखाना रहेको छ । सैँबुको प्रहरीले सिजी फुड्सका नायब महाप्रबन्धक ढकाल सानेपा कार्यालयमा भएकाले म्याद तामेल हुन नसकेको भनेपछि ललितपुर परिसरले सानेपा प्रहरीलाई पत्र पठाएको थियो ।

त्यो पत्र अहिलेसम्म सिजी (चौधरी ग्रुप) फुड्सको कार्यालय नपुगी बीचबाटै बेपत्ता बनाउन चौधरी समूहले ठूलै रकम खर्च गरेको अनुमान समेत स्रोतको रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चौधरी ग्रुपले गुणस्तरहीन तेल प्रयोग गरेर चाउचाउ उत्पादन गरेको दाबी गरेको छ । २०६८ मंसिर २३ गते खाद्य निरीक्षक रुपेन्द्र रावलसहितको टोलीले वाइवाइ कारखाना निरीक्षण गरेको थियो ।

२०६८ माघ १ गते यस्तो रिपोर्ट आएपछि विभागले सिजी फुड्सलाई बयानका लागि बोलाएको थियो । सोही वर्षको फागुनमा बयानका लागि नायब महाप्रबन्धक ढकाल विभाग गएको भए पनि कस्तो बयान दिए भन्नेबारे विभागले अहिलेसम्म कुनै सार्वजनिक गर्न चाहेको छैन ।

विभागले मुद्दा दायर गर्न मागेको राय दिन सरकारी वकिलको कार्यालयले नौ महिना लगाएर मुद्दालाई फितलो बनाउने कार्य समेत भएको आरोप लागेको छ । २०६९ वैशाखमा विभागले रायका लागि पठाएको पत्रको जवाफमा सरकारी वकिलको कार्यालय ललितपुरले पुस २५ गते राय पठाएको थियो  ।

सोही रायका आधारमा चैत ६ गते विभागले ललितपुर सीडीओ कार्यालयमा सिजी फुड्सविरुद्ध मुद्दा दायर गरेको थियो । चौधरी ग्रुपको सिजी फुड्सले तयारी चाउचाउको मापदण्डविपरीत चाउचाउ उत्पादन गरेकाले खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ अनुसारको कसुर गरेको ठहर गर्दै विभागले मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा सीडीओ कार्यालय ललितपुरले सिजी फुड्सका नायब महाप्रबन्धकलाई उपस्थित हुन बोलाएको पत्र पाँच महिनादेखि बेपत्ता भएको छ ।

यसैगरी, भारतको तामिलनाडु सरकारले वाइवाइ चाउचाउ बिक्रीमा प्रतिबन्ध यथावत् राखेको छ । तामिलनाडुको खाद्य सुरक्षा निगमले तीनवटै चाउचाउमा अखाद्य वस्तु भेटेपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका थिए ।

ती चाउचाउ तमिलनाडुसहित भारतका गुजरात, उत्तराखण्ड, जम्मु एन्ड कास्मिर र आसाममा समेत प्रतिबन्ध लगाइएको थियो । भारतका विभिन्न राज्यमा चाउचाउमा अखाद्य केमिकल र सिसाको मात्रा बढी भेटिएको भन्दै बिक्रीमा प्रतिबन्ध लगाएपछि पनि नेपाल सरकारले भने अहिलेसम्म वाइवाइ चाउचाउमाथि कुनै अनुसन्धान समेत गर्न आँट गरेको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित चाउचाउको पनि गुणस्तर परीक्षण गर्ने जनाएको भए पनि चाउचाउ उत्पादक कम्पनीको रायअनुसार परीक्षण नै नगरी गुणस्तरीय भएको प्रमाणपत्र दिएको आरोप उपभोक्तावादीहरुको छ । चाउचाउमा मापदण्डभन्दा धेरै लिड र मोनोसोडिएम ग्लुटोमेट पाइएको उल्लेख गरेको थियो ।

यति मात्रै होइन, कृत्रिम स्वादसमेत राख्ने गरिएको परीक्षणबाट खुलेको छ । त्यसका लागि प्रयोग गरिएको रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवणशक्ति कमजोर हुनेलगायतका समस्या देखिन्छन् ।

सिन्थेटिक खाद्य रङसमेत ती चाउचाउमा प्रयोग भएको पाइएको छ, जुन अक्सर जुस र चकलेटमा धेरै प्रयोग गरेको छ । यस्तो खाद्य रङमा लिड र आर्सेनिकको मात्रा पनि हुन्छ । त्यसले बच्चालाई एलर्जी हुनुका साथै स्नायुमा असर गर्छ ।

चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा बीएचए र बीएचटीजस्ता रसायन पनि भेटिएको छ, जुन चाउचाउमा प्रयोग हुने तेलमा देखिएको छ । यस्तो रसायनले क्यान्सर रोग फैलाउने तत्वलाई मद्दत गर्छ ।

वाइवाइमा चाउचाउको स्वाद बढाउने एमएसजी रसायन पनि प्रयोग गरिएको छ । कृत्रिम स्वाद बढाउन प्रयोग गर्दा कब्जियत, अपच, सास फेर्न गाह्रो हुने, बढी पसिना आउनेलगायतका शारीरिक समस्या देखिने स्वस्थ्यकर्मीहरुको भनाइ छ ।

साथै मिर्गाैला र मस्तिष्कमा समेत असर पु-याउने गरेको छ । भारतको जम्मु–कस्मिर, गुजरात, मुम्बई, उत्तराखण्ड, केरला, दिल्ली र राजस्थानमा सो चाउचाउमा प्रतिबन्ध लागिसकेको छ ।

More News last news
Loading...