काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउने सरकारको अडान झनै कसिलो पार्ने बताएका छन् । कुनैपनि हालतमा सिन्डिकेट तोड्ने मिसनमा सरकार सफल हुने उनको विश्वास छ ।
मन्त्री थापाले यातायातका सबै क्षेत्रमा व्याप्त विकृति तोड्न सरकारले नियमन र हस्तक्षेप बढाउने भन्दै अब उपत्यकाको ट्याक्सीमा रहेको सिन्डिकेट माथि प्रहार केन्द्रित गर्ने बताएका छन् ।
गृहमन्त्री थापाले न्युजआजसँग संक्षिप्त कुराकानीका क्रममा भनेका छन्–‘कुनै पनि प्रकारको सिन्डिकेट सरकारलाई स्वीकार्य छैन, सबै तोडिन्छ ।’
सिन्डिकेट पक्षमा उत्रिने व्यवसायी हुन् वा सवारी चालक सबै कारवाहीको दायरामा आउने भन्दै आन्दोलनको धम्कीले सरकार नआत्तिने भन्दै सार्वजनिक यातायातमा बन्द-हड्ताल गरिए त्यसको प्रतिवाद गर्न सरकारी तयारी पर्याप्त रहेको मन्त्री थापाको दावी छ ।
मन्त्री थापाले यातायात क्षेत्रको मात्रै नभएर उद्योग, कृषि (तरकारी), स्वास्थ्य लगायत जताततै सिन्डिकेटको बिगबिगी रहेको भन्दै क्रमशः ति सबै तोडिने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
